काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सुरक्षा बहसबीच ओपनएआईले आफ्ना मोडलमा देखिएका छ वटा अप्रत्याशित व्यवहार सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार केही मोडलले आफ्ना प्रतिबन्ध छल्ने प्रयास गर्नुका साथै अनुमति नलिई इन्टरनेटमा फाइल अपलोड गर्ने, छुटेको डाटा आफैं सिर्जना गर्ने र केही सूचना लुकाउने गतिविधिसमेत देखाएका छन्।
एआई एजेन्टहरू जटिल काम गर्न सक्षम बन्दै जाँदा आपसी समन्वय, सूचना आदानप्रदान र निगरानीबाट उम्किने जोखिम बढ्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्।
ओपनएआईले यस्ता घटनाको निगरानी र अनुसन्धानका लागि नयाँ सुरक्षा ढाँचा सुरु गर्दै एआई विकास प्रक्रियामा पारदर्शिता र बाह्य परीक्षण आवश्यक रहेको जनाएको छ।








दलित अधिकार विधेयक संशोधन गर्न आयोगलाई २१ बुँदे सुझाव
दशैंमा रित्तिँदै घर, परदेशिँदै युवा
सुदूरपश्चिममा आज बजेट पारित गर्ने तयारी
चाडबाडमा खाना पकाउने ग्यास अभाव
भोटेकोशी बाढीको ४९ औँ दिन, घेवामा सहभागी भए प्रचण्ड