काठमाडौं । शासन सत्ताबाट ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न ल्याइएको समावेशी कोटाबाट उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता जागृत रायमाझीले आलोचना गरेका छन्।
रायमाझीले सामाजिक सञ्जाल फेसबुकमार्फत समावेशी कोटाको औचित्यमाथि प्रश्न उठाउँदै प्रभावशाली व्यक्तिहरूले नै यसको लाभ लिइरहेकोप्रति असन्तुष्टि जनाएका हुन्।
‘सुधारिएको काँग्रेस बदल्न विनोद चौधरीहरू आउने भए ! त्यो पनि दलित, महिला, मधेसी र आदिवासी/जनजातिको समावेशी कोटाबाट ! उफ ! नयाँ बोतल पुरानो रक्सी,’ रायमाझीले लेखेका छन्।
समावेशी कोटाको उद्देश्य राजनीतिक नेतृत्वमा पहुँच नपाएका समुदायलाई अवसर प्रदान गर्नु हो। तर, यस्तो कोटाबाट उद्योगपति चौधरी निर्वाचित भएपछि लक्षित समुदायको प्रतिनिधित्व र समावेशी व्यवस्थाको कार्यान्वयनबारे प्रश्न उठेको छ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा चौधरी समावेशी कोटाबाट उपसभापतिमा निर्वाचित भएका छन् । १ हजार ७४५ मत प्राप्त गर्दै उनी उपसभापति बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाएका थिए। लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय नेताहरूलाई पछि पार्दै चौधरी समाबेशी कोटाबाट नेतृत्वको उपल्लो तहमा पुगेपछि उनको आलोचना भएको हो ।
पञ्चायतकालमा रानी ऐश्वर्य, अधिराजकुमार धीरेन्द्र शाह र सूर्यबहादुर थापासँग निकट सम्बन्ध बनाएका चौधरी २०४६ पछि एमालेसँग नजिकिएका थिए । २०६४ सालमा नेकपा एमालेबाट औपचारिक राजनीतिक यात्रा सुरु गरेका उनी २०६४ सालमा नेकपा एमालेबाट समानुपातिक सभासद र २०७४ मै कांग्रेस प्रवेश गरेका थिए। लगत्तै उनी मधेसी कोटामा समानुपातिक सांसद पनि भए। २०७८ को महाधिवेशनमा थारू क्लस्टरबाट केन्द्रीय सदस्य बनेका उनी अहिले उपसभापतिमा निर्वाचित भएका छन्। ७० वर्षीय चौधरीले विगतमा नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको नेतृत्व गरिसकेका छन् ।








दलित अधिकार विधेयक संशोधन गर्न आयोगलाई २१ बुँदे सुझाव
दशैंमा रित्तिँदै घर, परदेशिँदै युवा
सुदूरपश्चिममा आज बजेट पारित गर्ने तयारी
चाडबाडमा खाना पकाउने ग्यास अभाव
भोटेकोशी बाढीको ४९ औँ दिन, घेवामा सहभागी भए प्रचण्ड
‘निम्छरो पहल, जब्बर पितृसत्ता’ : घरदेखि राज्यसम्म महिलामाथिको विभेदबारे विमर्श
समावेशी कोटामा पहुँचवालाकै वर्चस्व
जागृत रायमाझीको प्रश्न-‘विनोद चौधरी सुधारिएको काँग्रेस बदल्न आएका हुन् ?’