काठमाडौं । नेपाली बजारमा सुनचाँदीको उकालो यात्रा कामयै छ । मंगलबार पनि बढेको सुनचाँदीको मूल्य बुधबार पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार १०० रुपैयाँले बढेको हो । आज सुन तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख ५ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य ४० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन