बेलायती मन्त्री र प्राधिकरण प्रमुखबीच भेटवार्ता

काठमाडौं । बेलायतकी इन्डो–प्यासिफिक क्षेत्रसम्बन्धी मन्त्री बारोनेस विण्टरटन र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख डा.धर्मराज उप्रेतीबीच भेटवार्ता भएको छ ।

बिहीबार प्राधिकरणको कार्यालय पुगेकी मन्त्री विण्टरटनले प्रमुख डा.धर्मराज उप्रेतीसँग भेटवार्ता गरेकी हुन्।

भेटमा नेपालको विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा हालैको भोटेकोशी बाढीपछिको खोज तथा उद्धार बारे जानकारी लिइएको जनाइएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरुको राहतका लागि ५० लाख पाउन्ड सहयोग घोषणा गरेको छ।

प्राधिकरणका अनुसार बेलायतले प्राधिकरण स्थापना भएदेखि नै नेपालको विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण तथा विपद् उत्थानशीलता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्दै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ