काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्।
भारतीय समयअनुसार बिहान ११ बजे नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रम छ। त्यसपछि दिउँसो १२ः२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गरिनेछ।
भेटवार्ताअघि बिहान १० बजे भारतको राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०ः४० बजे उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
भ्रमणको पहिलो दिन आइतबार साँझ भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँदिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका थिए। भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायत क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो।
भ्रमणका औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह आजै अपराह्न ४ः५० बजे स्वदेश फर्किने कार्यक्रम छ।








विवाह संस्थालाई चुनौती दिँदै रुपा र देवको सहजीवन
‘बालेनमा नेपालको भविष्य बदल्ने दृष्टिकोण देखेँ’ : मोदी
नेपाल–भारतबीच आठ विषयमा समझदारी
बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
प्रधानमन्त्री साहको भारत भ्रमणको पहिलो दिन के-के भयो ?
आज हैदराबाद हाउसमा हुँदैछ बालेन–मोदी भेटवार्ता
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्रीको आग्रह
प्रधानमन्त्री साह र जयशंकर भेट : ‘कनेक्टिभिटी’ र पारवहनमा सहकार्यको छलफल
प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने रास्वपाको विश्वास