पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु

बाजुरा । लगातारको झरीपछि खसेको पहिरोले गर्दा विगत तीन दिनदेखि थप्प बनेको बाजुराको मुख्य प्रशासनिक केन्द्र जोड्ने साँफे-मार्तडी राजमार्ग पुनः सञ्चालनमा आएको छ।

गत शनिबार राति परेको भारी वर्षाका कारण बडीमालिका नगरपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा यो सडक पूर्ण रूपमा बन्द भएको थियो। सडक ठप्प हुँदा सर्वसाधारणको आवतजावत रोकिनुका साथै खाद्यान्न लगायतका अत्यावश्यक सामग्रीको आपूर्तिसमेत ठप्प बनेको थियो।

सडक सफा गर्नका लागि सडक डिभिजन कार्यालयका दुईवटा र बडीमालिका नगरपालिकाको एउटा गरी तीनवटा हेभी मेसिन ९डोजर० प्रयोग गरिएको थियो। लगातारको प्रयासपछि सडकभरि खसेका दुई दर्जनभन्दा बढी साना-ठूला पहिराहरू हटाएर यातायात पुनस् सञ्चालन गराउन सफल भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले बताए।

अवरोध हटाइसकिएकाले अहिले गाडीहरू सहजै सञ्चालन भइरहेको प्रशासनले जनाएको छ।

तथापि, झरी अझै नसकिएकाले सो क्षेत्रमा पुनः पहिरो झर्न सक्ने त्रास कायमै छ। यसैलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले यात्रा गर्दा सावधानी अपनाउन र सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ