धनगढी । भोटेकोशी बाढीका कारण स्थगित गरिएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आगामी भदौ ३० गते धनगढीमा आयोजना हुने भएको छ।
बैजनाथ सञ्चार प्रालिले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको नयाँ मिति सार्वजनिक गरेको हो। प्राकृतिक विपद्का कारण देश शोकमा रहेका बेला कार्यक्रम स्थगित गरिएको र परिस्थितिमा केही सहजता आएपछि पुनः आयोजना गर्न लागिएको आयोजककी प्रबन्ध निर्देशक सरस्वतीकुमारी खड्का भट्टले जानकारी दिइन्।
कार्यक्रममा मनोज गजुरेल, जोगेन्द्र पानवाला (शिवशङ्करप्रसाद रिजाल), मूलासाग (सुरेन्द्र केसी) सहित राष्ट्रिय तथा स्थानीय कलाकारले हास्यव्यङ्ग्य प्रस्तुति दिनेछन्।
हास्यव्यङ्ग्य नाटक, प्रहसन, कविता, गीत–सङ्गीत, देउडा तथा सुदूरपश्चिमका मौलिक सांस्कृतिक प्रस्तुतिमार्फत समसामयिक सामाजिक विषयलाई व्यङ्ग्यात्मक रूपमा उठाइने आयोजकले जनाएको छ।
आर्थिक संयोजक शुभेष पाठकका अनुसार कार्यक्रमको उद्देश्य मनोरञ्जनसँगै समाजमा रहेका विकृति र विसङ्गतिविरुद्ध जनचेतना फैलाउनु पनि हो। लागूऔषध दुव्र्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु तथा महिला हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदजस्ता विषयलाई प्रस्तुतिमार्फत उठाइनेछ।
कार्यक्रमको मुख्य प्रायोजक धनगढीस्थित माया मेट्रो हस्पिटल र प्रायोजक चैतन्य पाठशाला रहेका छन्। टिकट बिक्रीबाट प्राप्त रकमको २५ प्रतिशत भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु