विपन्न बालबालिकालाई कपडा सहयोग

चरिकोट । नेकपा केन्द्रीय सदस्य चुनु केसीले आफ्ना दिवंगत दाजु तिलक केसीको स्मृतिमा जिरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयका १ सय जना विपन्न विद्यार्थीलाई हुडी सेट वितरण गरेकी छन्।

दाजु तिलकको २३ औँ स्मृति दिवस तथा बाल दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई हुडी सेट प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक केन्द्र ज्योति खड्काले जानकारी दिए।

केसीका अनुसार सहयोगमा जयराम लामिछानेसहित अस्ट्रेलियामा रहेका निशान्त खड्का, अमेरिकाका सुबास लामा, इजल्यान्डका सुरज गिरी र जापानका नवराज दाहालले पनि योगदान गरेका छन्।

तिलक केसीलाई तत्कालीन समयमा माओवादीले हत्या गरेको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ