काठमाडौं । पछिल्लो १२ घण्टामा झापाको चन्द्रगढी विमानस्थलमा १११.८ मिलिमिटर वर्षा मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

हाल देशभर सामान्यतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

