काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्।
भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुगेका वाग्लेले भ्रमणका क्रममा भारतीय सरकारका उच्च अधिकारी, कूटनीतिज्ञ, उद्योगी–व्यवसायी, प्रवासी नेपाली तथा प्राज्ञिक क्षेत्रका प्रतिनिधिसँग विभिन्न चरणमा छलफल गरेका थिए।
भ्रमणका क्रममा रसुवामा भोटेकोशी बाढीबाट भएको क्षतिपछि उद्धार तथा राहतका लागि भारतले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट धन्यवाद व्यक्त गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए। उनले विपद्पछिको पुनर्निर्माणमा भारतबाट थप सहयोग जुटाउने विषयमा समेत छलफल भएको बताए।
वाग्लेका अनुसार नेपाल र भारतबीच राजनीतिक, आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउँदै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने विषयमा भएका छलफल सकारात्मक र फलदायी रहे।
भ्रमणको पहिलो दिन बिहीबार वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका थिए। भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध र सहकार्यका विभिन्न पक्षबारे छलफल भएको थियो।
शुक्रबार पूर्वभारतीय विदेशसचिव श्याम शरणले आयोजना गरेको उच्चस्तरीय कूटनीतिक संवादमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी भए। त्यसपछि उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका थिए।
शुक्रबार नै भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गरेको भेटघाट कार्यक्रममा समेत अर्थमन्त्री वाग्ले सहभागी भए। उनले दिल्लीमा रहेका प्रवासी नेपालीहरूको प्रतिनिधिमण्डलसँग पनि भेट गरी उनीहरूका चासो र सरोकारबारे छलफल गरेका थिए।
भ्रमणको अन्तिम दिन शनिबार संविधान दिवसका अवसरमा नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा वाग्ले सहभागी भए। त्यसपछि भारतीय उद्योग परिसङ्घले आयोजना गरेको प्रतिष्ठित उद्योगी तथा व्यावसायिक प्रतिनिधिहरू सम्मिलित सम्मेलनमा उनले प्रमुख वक्ताका रूपमा सम्बोधन गरे।
शनिबार नै दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गरेको विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
विभिन्न औपचारिक तथा अनौपचारिक भेटवार्तामार्फत नेपाल–भारत सम्बन्धका आर्थिक, कूटनीतिक र सामाजिक पक्षमा छलफल गर्दै अर्थमन्त्री वाग्ले स्वदेश फर्किएका हुन्।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
धनगढीमा किशोरी आधारभूत परियोजनाको सिकाइ समिक्षा
बाढी प्रभावित क्षेत्रमा वाइसीएलले थाले अस्थायी घर निर्माण