ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी

ताप्लेजुङ । मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी हुँदा करिब १० वटा घर जलेर क्षति भएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बाक्लो बस्ती रहेको बजारमा आगलागी फैलिँदा ठूलो क्षति भएको हो। दोभानमा करिब ५० घरधुरी रहेका छन्।

आगो नियन्त्रणमा लिन स्थानीय प्रहरीसँगै सशस्त्र प्रहरी बल नेपाल नं। १ कञ्चनजंघा गुल्मबाट टोली परिचालन गरिएको छ। आगो निभाउन नेपाली सेनाका दुईवटा दमकलसमेत घटनास्थलमा पुगेका छन्।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ