काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न आदेश दिएको छ।
दाहालकी छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको संयुक्त इजलासले रिट जारी गरेको हो।
अदालतले दाहाललाई निरन्तर हिरासतमा राख्नुपर्ने पर्याप्त आधार र कारण नदेखिएको भन्दै बिहीबारकै मितिदेखि तारेखमा राखेर रिहा गर्न आदेश दिएको छ।
सर्वोच्चको आदेशमा दाहालले संविधान तथा कानुनविपरीत हिंसात्मक आन्दोलनका लागि आह्वान गरेको नदेखिएको उल्लेख छ। काठमाडौं जिल्ला अदालतले यसअघि तीन दिनको म्याद थप्दा बयानलगायतका प्रक्रिया पूरा गर्नुपर्ने कारण देखाएको थियो। तर, दाहालको बयान ६ गते नै सकिएको तथ्य सर्वोच्चले औँल्याएको छ।
‘ग्रे जोन’सम्बन्धी रिपोर्टबारे सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेको आरोपमा दाहाललाई साइबर अपराधको कसुरमा असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो।








नारायणगढ–मुग्लिन सडक राति ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द
एमाले केन्द्रीय कमिटीमा ३३ नेता मनोनीत (सूचीसहित)
एमाले स्थायी कमिटिमा थपिए सात नेता
ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी
धनगढीमा किशोरी आधारभूत परियोजनाको सिकाइ समिक्षा
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
बाढी प्रभावित क्षेत्रमा वाइसीएलले थाले अस्थायी घर निर्माण
भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले