एमाले स्थायी कमिटिमा थपिए सात नेता

काठमाडौं । नेकपा एमालेले सात नेतालाई स्थायी कमिटी सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारीलाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरेको हो।

सचिवालयको निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि उनीहरूले औपचारिक रूपमा जिम्मेवारी पाउनेछन्।

बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्तावसमेत अघि सारेको छ। उक्त प्रस्ताव पनि केन्द्रीय कमिटीबाट अनुमोदन हुनुपर्नेछ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ