काठमाडौं । देशभर मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले अधिकांश भूभागमा मौसम बदली भएको छ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ।
आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी र बागमतीका पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना छ।
यी चार प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने तथा कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
यसैबीच मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही तराई क्षेत्रमा हावाहुरी चल्नसक्ने भएकाले मौसम महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।








आश्वासनले रोकिँदैन दलित जेनजीको आन्दोलन
नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द