कञ्चनपुर । लगातार वर्षा हुन थालेपछि कञ्चनपुरको महाकाली तटीय क्षेत्रमा सम्भावित बाढी तथा डुबानको जोखिमबाट जोगिन समुदायस्तरमै पूर्वतयारी थालिएको छ।
शुक्रबार बिहानैदेखि वर्षा भएपछि तटीय क्षेत्रका सामुदायिक विपद् व्यवस्थापन समितिहरूले आकस्मिक बैठक गरी जोखिम न्यूनीकरण तथा उद्धारको तयारीबारे छलफल गरेका छन्।
समितिहरूले जोखिममा रहेका बस्तीमा माइकिङ गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन्। साथै सम्भावित जोखिम बढेमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्नका लागि आश्रयस्थल पहिचान गरी आवश्यक तयारी गरिएको छ।
आश्रयस्थलमा खाद्यान्न, तत्काल उपभोग गर्न मिल्ने खानेकुरा, म्याट, ग्यास चुलोलगायतका अत्यावश्यक सामग्री व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएको छ।
स्थानीयलाई अन्नपातसँगै नागरिकता, लालपुर्जा तथा अन्य महत्वपूर्ण कागजात सुरक्षित स्थानमा राख्न र नदी तथा खोलाको जलस्तर बढेमा तत्काल सुरक्षित ठाउँमा जानसमेत आग्रह गरिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द