काठमाडौं । देशमा अहिले मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै गण्डकी र लुम्बिनीका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव छ।
कोशी, मधेस र बागमतीका सबै भूभाग तथा गण्डकी र लुम्बिनीका बाँकी क्षेत्रमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
हाल हिमाली र पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ। लुम्बिनीका तराई भूभागमा आंशिक बदली रहे पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा छ। कोशीका थोरै स्थान तथा बागमती र लुम्बिनीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार सोमबार देशका विभिन्न भूभागमा मौसम बदलीसँगै वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षा र हिमपात हुनसक्ने अनुमान गरिएको छ।
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
कर्णालीमा आयुर्वेद चिकित्सक संघको नयाँ नेतृत्व चयन
धनगढीमा बाजुराको स्याउ बेच्न किसानलाई सास्ती
महाकाली तटीय क्षेत्रमा बाढीको जोखिम, समुदायस्तरमै पूर्वतयारी
वर्षापछि माछा मार्न व्यस्त थारु महिला
भारी वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा यातायात बन्द