काठमाडौं । समलिंगी महिला जोडीले आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) प्रविधिको सहायताबाट बच्चा जन्माएका छन्। नेपालमा यस्तो घटना पहिलोपटक भएको हो।
वरदान आईभीएफ नेपालका अनुसार केन्द्रमा उपचाररत एक समलिंगी महिला जोडीले आधुनिक सहायक प्रजनन प्रविधिको सहयोगमा स्वस्थ छोरालाई जन्म दिएका हुन्।
केन्द्रले विज्ञप्ति जारी गर्दै यसलाई नेपालको प्रजनन स्वास्थ्य सेवामा नयाँ उपलब्धि भनेको छ।
‘हाम्रो केन्द्रमा उपचाररत एक समलिंगी महिला जोडी आधुनिक सहायक प्रजनन प्रविधिको सहयोगबाट स्वस्थ शिशु छोरालाई जन्म दिन सफल हुनुभएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो सुखद खबर सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ।’
यो उपलब्धि एउटा परिवारको खुसीमा मात्र सीमित नभई प्रजनन स्वास्थ्य सेवा, आधुनिक चिकित्सा प्रविधि र विविध पारिवारिक संरचनाको सम्मानका दृष्टिले पनि विशेष महत्त्वको रहेको केन्द्रले जनाएको छ।
फोटो : एआई निर्मित








प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उपलब्धि देखिएन : गगन थापा
मोदीसँग मख्ख नपर्न बालेनलाई भारतीय सांसद महुआको सन्देश
फूलखेतीले बदलेको २३ महिलाको जीवन
प्रधानमन्त्रीको भारत भ्रमणबारे नेकपाको मिश्रित प्रतिक्रिया
बालेनको भारत भ्रमणमा राष्ट्रिय मुद्दा ओझेलमा परेको पोखरेलको टिप्पणी
समलिंगी महिला जोडीले जन्माए बच्चा