काठमाडौं-नेपाल र भारतबीच पञ्चेश्वर आयोजना अघि बढाउने सहमति भएको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सिआर पाटिलबीच भएको भेटवार्तापछि उक्त सहमति जुटेको हो। मन्त्री खड्का ‘इण्डिया इनर्जी विक–२०२५’ मा भाग लिन भारत गएका छन्।
सोही अवसरमा मन्त्री खड्का र भारतीय मन्त्री पाटिलबीच पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको हो।
दुईपक्षीय भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपिआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताएका छन्।
यस्तै, टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिंक नहरबाट पानी सञ्चालन कार्यविधि चाँडै अन्तिम रूप दिईने भएको छ। महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको थियो।
दुई देशबीच बाढी र डुवान व्यवस्थापनको लागि संयुक्त समितिको १४ औं बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने सहमती पनि भएको छ।
सप्तकोशी बहुउद्देश्यीय आयोजनाको डिपिआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरूमार्फत नेपाल र भारतविचछलफल अगाडि बढाउने सहमति भएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो