काठमाडौं-अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडीलाई छुटाउन र फसाउन गृह प्रशासनबाटै भएको अत्याचारविरुद्ध आन्दोलनरत अभियन्ताहरूले जिल्ला प्रशासन कार्यालयमा नागरिकताको प्रतिलिपि बुझाएका छन्।
‘दलितका लागि दलित’ अभियानका अभियन्ता खगेन्द्र सुनारसहितको टोलीले बिहीबार दुई बोरा नागरिकताका फोटोकपी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएका हुन्।
गृहमन्त्री रमेश लेखकले दलित हिंसा गरेको भन्दै उनीमाथि कारबाहीको माग गर्दै अभियन्ताहरूले प्रतीकात्मक आन्दोलन गरेका हुन्। घुम्न मुम्बई गएका सत्येन्द्र र नेहालाई पक्राउ गर्न प्रहरीले विशेष टोली नै पठाएको थियो ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो