धनगढी : कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ‘प्रेमबहादुर आले’ ले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्।
आज फागुन ६ गते उनले धनगढी उपमहानगरपालिका–३ पक्किकुवा चुनाबि सभालाई संबाेधन गर्दै मतदातासंग प्रत्येक्ष संबाद गरेका छन् । सधैं जनताहरुकाे पिरमर्का बुझ्ने आफ्नाे पुरानाे बानि रहेकाे बताउँदै स्थानिय मतदाताहरुसंग भेटघाट गरेका हुन्।
घरघर पुगेर मतदातासँग हातेमालो गर्दै आलेले आगामी निर्वाचनमा आफूलाई विजयी गराउन आग्रह गरेका थिए।

भेटघाटका क्रममा स्थानीयले क्षेत्रका सडक, खानेपानी, रोजगार र स्वास्थ्य सेवासम्बन्धी समस्या उठाएका थिए। मतदाताका गुनासा सुन्दै आलेले विगतमा गरेका कामको चर्चा गर्दै बाँकी विकास योजनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चुनावी माहोल तातिँदै जाँदा कैलाली–५ मा उम्मेदवारहरूबीच प्रतिस्पर्धा बढ्दै गएको छ। आलेको घरदैलो अभियान आगामी दिनहरूमा पनि निरन्तर रहने उनका समर्थकहरूले बताएका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन