काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणअघि राजनीतिक दलहरूसँग परामर्श नगरेको भन्दै नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ।
कांग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि प्रतिपक्षी दल र विज्ञहरूसँग छलफल गरी साझा धारणा बनाउने लोकतान्त्रिक परम्परा सरकारले पालना नगरेको बताएका छन्।
कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा सुझाव दिन गत बुधबार विषयविज्ञहरूसहित आन्तरिक छलफल गरेको जनाएको छ। जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, सीमा व्यवस्थापन र भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा सुझाव दिने तयारी थियो।
प्रधानमन्त्री कुनै एक दलको नभई राष्ट्रकै प्रतिनिधित्व गर्दै भ्रमणमा जान लागेकाले राष्ट्रिय हितका विषयमा साझा समझदारी आवश्यक रहेको कांग्रेसको भनाइ छ। यस्तो समझदारीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान बलियो बनाउने शर्माले उल्लेख गरेका छन्।
कांग्रेसले भने सरकारको परामर्श नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए पनि भ्रमणको सफलता र राष्ट्रिय हितका सवालमा आफ्नो साथ रहने स्पष्ट पारेको छ। भ्रमणलाई औपचारिक स्वागत र घोषणामा मात्र सीमित नगरी विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको समाधान र दीर्घकालीन सहकार्यमा केन्द्रित गर्न पनि कांग्रेसले सुझाव दिएको छ।










सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि
शान्ति प्रक्रिया टुंग्याउने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल
वामपन्थी शक्तिबीच एकताको विकल्प छैन : प्रचण्ड
प्रधानमन्त्रीले भारत भ्रमणअघि दलहरूसँग परामर्श नगरेकोमा कांग्रेसको असन्तुष्टि
कविता : नियतिको निर्मम रेखा
एमालेको राष्ट्रिय भेला आज समापन हुँदै, ओलीले प्रशिक्षण दिने
माडीको रातो राजनीतिबारे सडक संवाद हुँदै
शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न प्रचण्डको आग्रह