धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेमबहादुर आले घरदैलो भेटघाटका क्रममा मतदातासँगै छमछमि नाचेका छन्।
धनगढी उपमहानगरपालिका वडा नं. १९ रप्टौना टोलमा पुगेका आलेलाई स्थानीयवासीले उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया सहित स्वागत गरेका थिए।
मतदाताको बाक्लो उपस्थिति र समर्थन देखेर उत्साहित बनेका उनले स्थानीयसँगै नाच्दै खुसी साटासाट गरेका हुन्।
घरदैलो अभियानका क्रममा उनले क्षेत्रका विकास, रोजगारी सिर्जना, पूर्वाधार विस्तार र जनताको आधारभूत समस्याको समाधान आफ्नो प्राथमिकता रहेको बताए। “जनताको मायाले नै मलाई ऊर्जा दिन्छ,” उनले भने, “तपाईंहरूको साथ र विश्वासलाई काममार्फत् प्रमाणित गर्नेछु।”
रप्टौना टोलका स्थानीयले पनि विकासका मुद्दा उठाउँदै यसपटक परिणाममुखी नेतृत्व चाहिएको बताएका छन्। निर्वाचन नजिकिँदै जाँदा कैलाली–५ मा चुनावी माहोल थप तातिँदै गएको छ।
भिडिओ हेर्नुहाेस :








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने