बिरेन्द्रनगर : बिरेन्द्रनगर नगरपालिका-४ स्थित शहिद पार्क नजिकैको सामुदायिक वनमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि भएको क्रूर हत्याको विरोधमा सुर्खेत आज दिनभर अशान्त बन्यो।

नेपाल क्रान्तिकारी विद्यार्थी संघ जिल्ला समिति सुर्खेतले वीरेन्द्रनगरमा वृहत् विरोध प्रदर्शन गर्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ।
प्रहरीलाई ज्ञापन-पत्र
नेपाल क्रान्तिकारी विद्यार्थी संघले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुखलाई ज्ञापन-पत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

ज्ञापन-पत्रमा भनिएको छ, “शक्ति केन्द्रको दबाब र राजनीतिक प्रभावका कारण अनुसन्धान फितलो बनाइए सह्य हुने छैन। यदि पीडितले न्याय नपाएमा प्रहरी प्रशासन विरुद्ध नै सशक्त विद्रोह गरिनेछ।”
ज्ञापन-पत्रमा उठाइएका ५ मुख्य मागहरू :
१. निष्पक्ष जाँच: “निर्दोष नफसोस्, दोषी नउम्कियोस्” भन्ने सिद्धान्तका आधारमा घटनाको विस्तृत र पारदर्शी छानबिन हुनुपर्ने।
२. जन्मकैद र फाँसीको माग: दोषीलाई जन्मकैदको सजाय सुनिश्चित गर्न प्रमाण संकलन गरी अदालतमा पेश गर्नुपर्ने र कानुन संशोधन गरेर बलात्कारकारीलाई मृत्युदण्ड (फाँसी) को सजाय दिनुपर्ने।
३. क्षतिपूर्ति र परामर्श: पीडित परिवारलाई उचित क्षतिपूर्ति, सुरक्षा र मनोवैज्ञानिक परामर्शको व्यवस्था गर्नुपर्ने।
४. राजनीतिक हस्तक्षेप अन्त्य: अनुसन्धान प्रक्रियालाई राजनीतिक वा बाह्य प्रभावबाट मुक्त राखी समय-समयमा जनतालाई जानकारी गराउनुपर्ने।
५. सुरक्षा व्यवस्था: भविष्यमा यस्ता जघन्य अपराध हुन नदिन महिला तथा बालिकाको सुरक्षाका लागि प्रभावकारी निगरानी प्रणाली लागू गर्नुपर्ने।

प्रदर्शनकारीको चेतावनी
प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले निर्मला पन्त जस्ता घटनामा जस्तै अपराधीलाई उन्मुक्ति दिने प्रयास गरिए सुर्खेतबाटै ठूलो आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिएका छन्।

ज्ञापन-पत्रमा उल्लेख भएअनुसार, अनुसन्धानमा ढिलासुस्ती वा लापरवाही गरिए शान्तिपूर्ण आन्दोलनलाई थप सशक्त बनाइनेछ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन