गृहस्थ हुनु भनेको
घर हुनु मात्र होइन रहेछ,
घरभित्र मन भएका
परिवारका सदस्य,
मानवताको पहिचान भएका
नाता र सम्बन्ध बुझ्ने मानिस पनि हुनुपर्ने रहेछ।
बिहान उठेदेखि बेलुका नसुतेसम्म,
भातभान्सादेखि हरेक काममा साथ हुनुपर्ने रहेछ
साँझ विहानको काममा मात्रै होइन
दिनभरको थकान बुझ्ने,पिरमर्का हेर्ने,गृहस्थ बुझ्ने
एउटा मान्छे ढोकामा पर्खिरहेको हुनुपर्ने रहेछ
अनि पो भन्न सकिने रहेछ – हाम्रो घर चलिरहेकै छ।
गृहस्थ भनेको
पति र पत्नीको मोलतोल होइन,
मातापिताको साथ र छोराछोरीको
आशसहितको दुई गाँस भातको साथ पनि
जोडिएको हुनु पर्नेरहेछ
हेर्दा नमिले जस्तो देखिए पनि
ब्यवहारले बुझ्ने,स्नेह र ममताले भरिएको साथ
हरपल निकटताको भाव झल्कने सद्भाव
एउटै छानोमुनिको आँत जोडिएको
सम्बन्ध हुनुपर्ने रहेछ
सन्तान ठूलो भएपछि
आमा-बाको काँध बढ्नु पर्ने
तर कहिलेकाहीँ सर्लक झुक्दो रहेछ,
त्यही झुकेको काँधमा
सारा घर अडिएको कारण
जीवनको सम्झौता भएको महसुस हुँदो रहेछ।
गृहस्थ हुनु होइन, जोडिनु र फस्टाउनुमा
अग्रजहरुको राम्रै तप हुनुपर्दोरहेछ
त्यहि कारण बाहिर हारेर,आफु जलेर पनि
अरुलाई हँसाउदै गृहस्थको संसार चल्दोरहेछ








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
त्यो रगतले के बदलियो ?
आर.बी.निश्चलको सातौँ कृति ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पण