चितवनबाट सुरु भयो चलचित्र ‘मोहनी’ को छायांकन

काठमाडौं । एक्सन लभ स्टोरी चलचित्र ‘मोहनी’को छायांकन सुरु भएको छ। विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकन चितवनबाट सुरु गरिएको हो।

चलचित्रको छायांकन चितवनसँगै मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंलगायतका स्थानमा गरिनेछ। निर्माण पक्षका अनुसार चलचित्रको छायांकन ६० दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

चलचित्रमा आशीर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन र देवकुमार श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ।

चलचित्रको कथा विजय ब्लोन तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ