काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको बताएका छन् । आज (सोमबार) बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा नेता विश्वकर्माले सरकारले अध्यादेश ल्याउन कांग्रेससँग छलफल गरे पनि संसदमा लैजाँदा पार्टीहरूबाट असन्तुष्टि आउँदा पारित हुने अवस्था सिर्जना नभएको बताए ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माले अहिलेको गठबन्धन ०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी पनि गरेका छन् । उनले पछिल्लो समय कांग्रेस चलायमान बनिरहेको पनि बताए । अहिलेको अवस्थामा ५५ विभाग निर्माण गरेर ७७ वटै जिल्लामा निरन्तररूपमा कार्यक्रम भइरहेको उनको भनाइ छ ।
कांग्रेस प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माले तोकिएको समयमा नै महाधिवेशन हुने बताउँदै अहिले पार्टीभित्र रहेका गुट तथा पक्ष अब नहुने बताएका छन् । फरक प्रसङ्गमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडी तथा वैदेशिक सहयोग रोक्ने निर्णय केही समयको चुरीफुरी मात्रै रहेको टिप्पणी गरेका छन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी