काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टले ममताको शव आराले काटेको स्वीकार गरेका छन्।
अदालतमा बिहीबार बयान दिने क्रममा भट्टले ममताको शव बाथरुममा लगेर आराको सहायताले टुक्रा पार्ने प्रयास गरेको खुलासा गरेका हुन्। शवलाई फोहोर फाल्ने डस्टबिनमा अटाउने गरी सानो बनाउन खोजेको र काटिएका अंग झोलामा राखेर फोहोरमा फालेको उनले बताएका छन्।
भट्टका अनुसार सन् २०२४ जुलाई ३० मा शयनकक्षको भुइँमा ममतालाई अचेत अवस्थामा फेला पारेका थिए। उनको मुख र भुइँमा बान्ता रहेको तथा त्यसमा औषधिका क्याप्सुल र विषादीको अवशेष देखिएको उनले अदालतमा दाबी गरेका छन्।
उनले ममतालाई बचाउन करिब एक घण्टासम्म कृत्रिम श्वासप्रश्वास दिएको तर सफल नभएपछि शव व्यवस्थापन गर्ने निर्णय गरेको बयान दिएका छन्। शवका खुट्टालगायतका भाग काट्ने प्रयास गरेको र त्यसका लागि विद्युतीय आरा प्रयोग गरेको पनि उनले स्वीकार गरेका छन्।
तर भट्टले ममताको हत्या आफूले नगरेको जिकिर गरेका छन्। ममताले आत्महत्या गरेको उनको दाबी छ। उनले शव काटेको र लुकाएको स्वीकार गरे पनि हत्याको आरोप भने अस्वीकार गर्दै आएका छन्।
भट्टमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको अभियोग लागेको छ। उनी सन् २०२४ अगस्ट २२ देखि हिरासतमा छन्।
प्रहरी अनुसन्धानका क्रममा दम्पतीको शयनकक्ष र बाथरुममा रगतका दाग भेटिएका थिए। अनुसन्धानकर्ताले कपालका टुक्रासहितको विद्युतीय आरा पनि बरामद गरेका थिए। ममताको शव भने अहिलेसम्म फेला परेको छैन।
ममता भर्जिनियास्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्।








ममताको शव आराले काटेर व्यवस्थापन गरेको नरेशको स्वीकारोक्ति
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बंगलादेश एकसाथ उभिने
रवि–बालेनको मतभेद सतहमा
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव
राहत बाँडिरहेको विद्यालयमा रुसी बम आक्रमण, ३३ जनाको मृत्यु