वासिङ्टन डिसी । अमेरिकाको टेक्सास राज्यमा जुलाई ४ मा आएको विनाशकारी बाढीले हालसम्म कम्तिमा ११९ जनाको ज्यान लिएको छ। स्थानीय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
बाढीका कारण सबैभन्दा धेरै प्रभावित बनेको काउन्टीमा अझैंपनि कम्तिमा १६१ जना बेपत्ता रहेको बताइएको छ।
टेक्सासका गभर्नर ग्रेग एबोटले मंगलबार राति राज्यभरि कम्तिमा १७३ जना बेपत्ता रहेको बताए। पीडितहरूको सम्मानमा जुलाई १४ मा नभएसम्म राज्यको झण्डा आधा झुकाइने भएको छ ।
राष्ट्रिय मौसम सेवा विभागका अनुसार, विगत एक दशकमा संयुक्त राज्य अमेरिकामा बाढीले प्रति वर्ष औसत ११३ जनाको ज्यान लिने गरेको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
दिल्ली पुगे चीनका राष्ट्रपति