बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने चुनाव भएको बताएका छन् । ‘जनसम्पर्क’ नाम दिइएको कार्यक्रमका लागि रूपन्देही क्षेत्र नम्बर १ को देवदह खैरेनीमा आएका लामिछानेले यस्तो बताएका हुन् ।
‘दल र नेताले धेरैपटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् । तर फागुन २१ मा हुने यो चुनाव देशले जित्ने चुनाव हो,’ लामिछानेले भने ।
रास्वपामा बालेन्द्र शाह ९बालेन०को टिम समाहित भएको प्रसंग उल्लेख गर्दै उनले पार्टीमा पदको होइन, जिम्मेवारीको बाँडफाँट भएको लामिछानेले बताए । ‘हामीले पद बाडेका छैनौं, जिम्मेवारी विभाजन गरिएको छ,’ उनले पुरानै भनाइ दोहोर्याए ।
अबको पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री र एउटै सरकार हुने उनले बताए ।
सभापति लामिछानेले आफूहरुले घोषणापत्र नभइ काममा विश्वास गर्ने तर्क गर्दै विगतमा अन्य दलले गर्न नसकेका कामहरु आफूहरुले पुरा गर्ने जिकिर गरे ।
देवदहबाट सुरु भएको रुपन्देही जिल्ला स्तरीय अभियान साँझ लुम्बिनी पुगेर समापन हुने र लामिछाने कपिलवस्तु जिल्ला प्रवेश गर्ने रास्वपाले जनाएको छ ।
रास्वपा रुपन्देहीका सभापति डा। बुद्धि प्रसाद शर्माले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा पुग्ने छन् । त्यसक्रममा बाटोमा पर्ने २६ स्थानमा सम्बोधन गर्न समयले नपुग्ने भएकाले केहीबेर रोकिएर सभापति लामिछानेले हात हल्लाएर बिदा हुने उनले बताए ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी