काठमाडौं । क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ । सीएनएनले प्रहरीलाई उदृत गर्दै एकै व्यक्तिले विद्यालय र त्यसपछि एउटा आवासीय घरमा गोली चलाउँदा बालबालिकासहित धेरैको मृत्यु भएको जनाएको छ ।
गोलीकाण्ड स्थानीय समयअनुसार बिहान सुरू भएको थियो । आक्रमणकारीले पहिले एक विद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाएको र त्यसपछि नजिकैको घरमा पुगेर पुनः गोली प्रहार गरेको बताइएको छ । आक्रमणकारी एकजना महिला थिइन् ।
घटनामा शिक्षक, विद्यार्थी र सर्वसाधारण परेका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझै बढ्न सक्ने प्रहरीको आशंका छ । घटनापछि विद्यालय क्षेत्र पूर्ण रूपमा सिल गरिएको थियो भने अभिभावक र स्थानीयवासीबीच त्रास फैलिएको छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
दिल्ली पुगे चीनका राष्ट्रपति