काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूलाई घेराबन्दी गरेर सखापै पार्न खोजिएको भएपनि नसकेको बताएका छन्। चितवन १ को चुनावी सभालाई सम्बोधन गर्दै मध्यरातमा बेडरुममा छिरेर अन्तिम इच्छा के हो ? भनेर सोधेको घटनाको स्मरण गरे।
उनले भने, ‘हामीलाई त घेराबन्दी गरेका हुन्।उखेल्न खोजेका हुन्, लुछ्न खोजेका हुन्, मार्न खोजेका हुन्। मानसिक र भौतिक रूपमा सिद्ध्याउन खोजेका हुन्, सखाप गर्न खोजेका हुन्। मध्यरातमा बेडरुममा छिरेर ‘तेरो अन्तिम इच्छा के होरु’ भनेर सोधेका हुन् मलाई। त्यतिखेर मैले त जवाफ दिइनँ। मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते तपाईँले बोल्नु पर्ने छ।’
उनले आफ्नो अन्तिम इच्छा देशको युग परिवर्तन गर्न सक्ने सक्षम जवाफ फागुन २१ को चुनावमा जनताले दिने विश्वास व्यक्त गरे।
उनले भने, ‘अब क्रान्ति हुन्छ, २१ गते कुनै मतदान मात्र हुने वाला छैन। यो देशले वर्षौँदेखि देखेको सपनाको कुरा हामी गरिरहेका छौँ। यस पटक पूरा गर्नै पर्छ। राजनीतिको आडमा राज्यका संरचनाहरूलाई भर्ती केन्द्र गराएर, आ–आफ्नो ठाउँमा लगेर बजेटको गलत वितरण गरेर, ’मैले यति ल्याएँ र उति ल्याएँ’ भनेर देशका अन्य ठाउँलाई विभेद गरेको हिसाब यसपटक गर्नै पर्ने हुन्छ।’
उनले आफूले प्रतिशोध नगर्ने भन्दै मध्यरातमा उठाएर लगेका हिसाब कानुनी रूपमा आफैँ लड्ने बताए।
उनले थपे, ‘मलाई जिल्लै पिच्छे मुद्दा हालेका हिसाबहरू छन्। म माथि भएका अन्याय अत्याचारका हिसाबहरू छन्। त्यसको न्यायिक लडाइँ, कानुनी लडाइँ म लडुँला। तर ३४ वर्ष यिनीहरूले हाम्रो सपनामा डोजर चलाएका छन्, त्यसको हिसाब गर्नुपर्ने छ। त्यो हिसाब हामी लिन्छौँ।’
उनले आफू देशका विभिन्न भूभागमा जाने भन्दै चितवनप्रति आफू पूर्ण विश्वस्त रहेको बताए।
उनले भने, ‘यो चितवन धेरै हिसाबले उर्वर भूमि हो। देवभूमि, तपोभूमि यो हुँदै हो। तर यो देशको इतिहास लेख्ने भूमि पनि चितवन भएको छ। म गर्वका साथ भन्छु ३ वर्ष अगाडि चितवनले रोपेको यो क्रान्ति, निलो क्रान्ति आज फैलिएर देशको पहिलो पार्टी बन्न गएको छ। इतिहास रच्ने यो यात्रा सुरु गरेको चितवनलाई साथ दिन देश भरिका अन्य जिल्लाहरू तयार भएको मैले विभिन्न ठाउँमा जाँदा पाएको छु।’








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी