रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्षेत्रमा प्रचार गर्न आएको भन्दै उम्मेदवारसहित कार्यकर्तामाथि कुटपिट गर्नेमध्येका एक जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ ।
बर्दघाट नगरपालिका–१२ जमुनिया बजारमा नेपाल कम्यूनिष्ट पार्टी (माओवादी)ले गरेको प्रचारप्रसार कार्यक्रममा रास्वपाका कार्यकर्ता बताउँदै पुगेका एक समूहले उम्मेदवासहितका कार्यकर्तालाई कुटपिट गरेका थिए । कुटपिट गर्ने तीन जनामध्ये एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका– १३ का ३१ वर्षीया अजय गौतम् छन् । अन्यको खोजी कार्य भइरहेको बताइएको छ । कुटपिटबाट नेपाल कम्युनिष्ट पार्टी(माओवादी) का उम्मेदवार राजुप्रसाद हरिजन, क्षेत्रीय प्रचारप्रसार सहसंयोजक निरज पाठक, जिल्ला सदस्य नकुल सी र बर्दघाट नगर इन्चार्ज गणेश पाण्डे घाइते भएका छन् ।
घण्टीको एरियामा आएर प्रचारप्रसार गरेको भन्दै कुटपिट गरेको उम्मेदवार हरिजनले बताए । पक्राउ परेका गौतमबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालयका प्रमुख ९एसपी० अनुपम श्रेष्ठले दल र उम्मेदवारहरुलाई निर्धक्कका साथ चुनावी कार्यक्रम गर्न आग्रह गर्रेका छन् । रास्वपा नवलपरासी १ उम्मेदार विक्रम खनालले यस्ता घटना हुनु दुखद रहेको र आफ्ना कार्यकर्ता भएनभएको छानविन हुने जनाएका छन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी