काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का समानुपातिक उम्मेदवार गणेश विश्वकर्माले संसदलाई उत्पीडित र सीमान्तकृत समुदायको आवाज उठाउने प्रभावकारी मञ्चका रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

राजनीतिक तथा सामाजिक आन्दोलनमा सक्रिय विश्वकर्माले आफूले जीवनभर भोगेको संघर्षलाई नै राजनीतिक एजेन्डाको आधार बनाउने बताएका हुन्। “संघर्ष मेरो जीवनको हिस्सा हो,” उनले भने, “त्यही संघर्षको आवाज अब संसदमा पुर्याउन चाहन्छु।”
प्रतिनिधित्व कमजोर हुँदा आवाज ओझेलमा :
विश्वकर्माका अनुसार राज्यका नीति–निर्माण तहमा अझै पनि दलित तथा श्रमिक वर्गको प्रतिनिधित्व पर्याप्त छैन। जसका कारण उनीहरूका वास्तविक मुद्दा प्राथमिकतामा पर्न नसकेको उनको दाबी छ।

“संसदमा पुग्ने अवसर पाएँ भने शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सम्मानका विषयलाई प्राथमिकतामा राख्नेछु,” उनले भने, “कानुन कागजमा मात्र होइन, व्यवहारमा कार्यान्वयन हुने वातावरण बनाउन पहल गर्नेछु।”
नारा होइन, नीतिमार्फत परिवर्तन :
उनले दलित आन्दोलनलाई अब नारामुखी भन्दा नीतिमुखी बनाउनुपर्ने आवश्यकता औँल्याए। बजेट, कार्यक्रम र कानुनी संरचनामार्फत ठोस परिणाम देखिने गरी काम गर्नुपर्ने उनको भनाइ छ।

“राजनीति पदका लागि होइन, परिवर्तनका लागि हुनुपर्छ,” विश्वकर्माले भने, “संसद जनताको पीडा बोल्ने थलो हो, म त्यही आवाज बन्न चाहन्छु।”
नव युवालाई आह्वान :
विश्वकर्माले नव युवा पुस्तालाई सक्रिय राजनीतिमा सहभागी हुन आग्रह गर्दै परिवर्तन सामूहिक प्रयासबाट मात्रै सम्भव हुने बताए।
“बाहिर बसेर आलोचना गर्नेभन्दा सहभागिता जनाउनु जरुरी छ,” उनले भने, “समावेशी र न्यायपूर्ण समाज निर्माणका लागि सबैको भूमिका आवश्यक छ।”

उनको दाबी छ, अवसर पाए संसदमा सीमान्तकृत समुदायको मुद्दालाई प्रभावकारी रूपमा उठाउनेछन्। “यो व्यक्तिगत महत्वाकांक्षा होइन,” उनले भने, “यो संघर्षको निरन्तरता हो।”
प्रतिबद्धता पत्र :










चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन