काठमाडौं । चितवनमा आफ्नो मताधिकार प्रयोग गरेलत्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हेलिकप्टरमार्फत रुकुम पूर्व पुगेका छन् । बिहीबार बिहान १०:४० बजे रुकुम ओर्लिएका उनले जिल्लाका विभिन्न मतदानस्थलको वस्तुस्थितिबारे जानकारी लिँदै मतदाताहरूसँग प्रत्यक्ष संवाद गरेका हुन् ।
सिस्ने गाउँपालिका-५ स्थित रुक्मेणी माध्यमिक विद्यालयमा रहेका तीनवटा मतदान केन्द्रको निरीक्षणका क्रममा प्रचण्डले देशको वर्तमान राजनीति जटिल मोडमा रहेको उल्लेख गरे । उनले भने, ‘मुलुक अहिले फेरि एउटा विषम् परिस्थितिबाट गुज्रिरहेको छ । इतिहास साक्षी छ, जब-जब देश संकटमा फस्छ, रुकुमले नै त्यसको समाधान र निकास दिने गरेको छ । आज फेरि देशलाई निकास दिनुछ र त्यो शान्तिको नयाँ लहर यही जिल्लाबाट सुरु हुनेछ ।’
विगतको सशस्त्र विद्रोह र शान्ति प्रक्रियाको प्रमुख केन्द्र रहेको रुकुमलाई प्रचण्डले पुनः एकपटक ‘राजनीतिक संकट मोचन’ को थलोका रूपमा चित्रण गरे । उनले रुकुमको ऐतिहासिक भूमिकाको चर्चा गर्दै यसपटक पनि यहाँका जनताले देशलाई नयाँ दिशा निर्देश गर्ने दाबी गरे । रुकुम पूर्वमा यसपटक प्रचण्डसहित ११ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी