काठमाडौं : प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अधिकांश स्थानमा भइरहेको छ । मतगणना भइरहेका निर्वाचन क्षेत्रको प्रारम्भिक मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धेरै स्थानमा अगाडि छ ।
प्रारम्भिक मतपरिणाम अनुसार काठमाण्डुसहित देशका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवार अघि देखिएका छन् ।
प्रारम्भिक नतिजामा एमालेका चर्चित उम्मेदवारहरू पछि परेका छन् । झापा–५ को प्रारम्भिक गणनामा रास्वपाका बालेन शाहले ८ सय १४ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने एमालेका केपी शर्मा ओलीले ३ सय ८४ मत ल्याए पच्छयाइ रहेका छन् ।
रुपन्देही–२ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेल पनि पछि परेका छन् । रास्वपाका सुलभ खरेलले २७ सय ७९ मत पाउँदा एमालेका विष्णुप्रसाद पौडेलले ६ सय ९ मत पाएका छन् ।
यसैगरी काठमाण्डु–५ का एमाले उम्मेदवार ईश्वर पोखरेल पनि प्रारम्भिक मत गणनामा पछि छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १ हजार ४२४ मतसहित सुरुवाती अग्रता लिएका छन् । कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले ४१२ मत र एमाले उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन् ।
भक्तपुर–२ का एमाले उम्मेदवार महेश बस्नेत पनि पछि छन् । रास्वपाका राजीव खत्रीले २ हजार मत पाउँदा बस्नेतले १ हजार २८१ मत ल्याएका छन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी