काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोनमा कुराकानी गरेका छन्।
सामाजिक सञ्जालमा राखिएको पोस्टमा उनले दुवै नेताहरूलाई चुनावमा रास्वपाले हासिल गरेको ठूलो सफलताका लागि बधाई दिएको उल्लेख गरेका छन्।
उनले नयाँ सरकारलाई शुभकामना दिँदै दुई देशबीचको आपसी समृद्धि, प्रगति र भलाइका लागि काम गर्ने भारतको प्रतिबद्धता रहेको उल्लेख गरेका छन्। उनले आगामी दिनमा नेपाल-भारत सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन्।
मोदीले फेसबुक र एक्समा राखेका पोस्टमा रास्वपा, रवि लामिछाने र बालेन्द्र शाहलाई पनि मेन्सन गरिएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
दिल्ली पुगे चीनका राष्ट्रपति