काठमाडौं : बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी १६ बर्षिय दलित किशोरी इनिसा विकको घटनालाई लिएर दलित समुदायका युवाहरुले कर्णाली प्रदेशका मुख्यमन्त्रीप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्।
उनीहरुले पीडितको लासमाथि राजनीति भइरहेको आरोप लगाउँदै न्याय नपाएसम्म संघर्ष चर्काउने चेतावनी दिएका छन्।
बिहिवार सुर्खेतकाे बिरेन्द्रनगरमा गरिएको विराेध प्रदर्शनमा सहभागी युवाहरुले पीडित परिवारलाई न्याय दिलाउन राज्य गम्भीर नदेखिएको आरोप लगाए।
उनीहरुले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरुले “यदि चाँडो न्याय नदिइएमा इनिसाको लास मुख्यमन्त्री यमलाल कँडेलकाे घरअगाडि राखेर विद्रोह सुरु गर्ने” चेतावनी समेत दिएका छन्।
पिडित परिवारका अनुसार पीडितको लास उठाउने विषयमा पनि राज्यले संवेदनशीलता नदेखाएको र घटनालाई राजनीतिक रुपमा प्रयोग गर्न खोजिएको आरोप छ।
दलित अधिकारकर्मीहरुले यस्तो घटनाले समाजमा गम्भीर प्रश्न उठाएको बताउँदै दलित समुदायमाथि भइरहेका हिंसाका घटनामा राज्यको भूमिका कमजोर रहेको टिप्पणी गरेका छन्।
उनीहरुले इनिसा विकको घटनालाई उदाहरण बनाउँदै दोषीलाई कडा कारबाही नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
इनिसाकाे न्यायकाे माग गर्दै आज शुक्रबार पनि सुर्खेत, माइतीघर, दाङ, धनगढीसहित देशभर प्रदर्शन हुने भएकाे छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन