धनगढी : चलचित्र पत्रकार संघ नेपाल कैलाली शाखाले सोमबार आफ्नो दोस्रो जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ कार्यसमिति चयन गरेको छ।
संघका केन्द्रीय अध्यक्ष समिर बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले विवेक नागरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमा चन्द, सचिवमा लोकु सिंह ठकुरी, कोषाध्यक्षमा यमुना साउँद र सह–सचिवमा यज्ञराज अवस्थी चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा रक्षा बागचन, राजु चौधरी, विरेन्द्र सिंह, सावित्री जोशी र महेन्द्र चौधरी चयन भएका छन्।
अधिवेशनका क्रममा नव–निर्वाचित अध्यक्ष नागरीले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा चलचित्र पत्रकारितालाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
भोटेकोशी त्रासदी : भोग्न विवश सभ्यताहरू