काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बालेन शाह नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारका लागि मन्त्रिपरिषद् चयनको अन्तिम तयारीमा जुटेको छ।
पार्टी स्रोतका अनुसार केही मन्त्रालय र मन्त्रीहरूको टुंगो लागिसकेको छ भने बाँकी नामहरूबारे पार्टी सभापति रवि लामिछाने ले अन्तिम छलफल गरिरहेका छन्।
बालेनले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन्। सोही दिन सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने योजना छ।
हाल १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् बनाउने विषयमा छलफल भइरहेको छ। रास्वपाले चुनावी वाचापत्रमै मन्त्रालयको संख्या १८ मा सीमित गर्ने प्रतिबद्धता जनाएकोले सोहीअनुसार संरचना तयार पार्न खोजिएको हो।
केही मन्त्रालय गाभेर सरकारलाई चुस्त बनाउने तयारी भइरहेको छ। एक नेताका अनुसार यसपटक मन्त्रिपरिषद्मा “अप्रत्याशित” नामहरू पनि समावेश हुन सक्नेछन्। साथै, पार्टी सञ्चालनका लागि केही शीर्ष नेतालाई मन्त्री नबनाई “रिजर्भ” मा राख्ने योजना पनि बनाइएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी