काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्राउलाई प्रतिशोधपूर्ण भएको बताएका छन्।
जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनासँग जोडिएको आरोपमा प्रहरीले शनिबार बिहान उनलाई पक्राउ गरेको हो।
प्रहरी पक्राउ पुर्जी लिएर निवास पुगेपछि ओलीले आफ्ना कानुनी सल्लाहकारहरूसँग परामर्श गरेका थिए। सो क्रममा उनले पक्राउप्रति कडा असन्तुष्टि जनाउँदै भने, “यो पक्राउ प्रतिशोधपूर्ण छ। यसको कानुनी लडाईं लड्छु, तपाईंहरू तयारी गर्नुहोस्।”
ओलीले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई सँग परामर्श गरेका थिए।
परामर्शमा सहभागी वरिष्ठ अधिवक्ता भट्टराईले पनि पक्राउ गैरकानुनी भएको दाबी गरेका छन्। “यो पक्राउको कुनै कानुनी आधार छैन, प्रथम दृष्टिमै गलत देखिन्छ,” उनले बताए।
यस घटनाले मुलुकको राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ भने आगामी दिनमा यसको कानुनी तथा राजनीतिक प्रभाव कस्तो पर्ने भन्ने विषय चासोको केन्द्रमा रहेको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी