काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत दिलनिशानी मगरले पछिल्लो राजनीतिक घटनाक्रमप्रति कडा प्रतिक्रिया दिएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि उनले लेखेको टिप्पणी अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
मगरले आफ्नो स्टाटसमा ओलीको गिरफ्तारीलाई अन्तर्राष्ट्रिय घटनासँग तुलना गर्दै नेपालभित्रकै कानुनी प्रक्रियाको विषय भएको उल्लेख गरेका छन्।
उनले निकाेलेस मादुराे वा आयातुल्ला अली खामेनेईकाे जस्ताे घटनासँग तुलना गर्दै ओलीलाई त्यस्तो व्यवहार नभएको बताएका छन्।
उनले इतिहासतर्फ संकेत गर्दै नेपालमा राजनीतिक प्रतिशोध र दमन नयाँ नभएको उल्लेख गरेका छन्। पूर्वप्रधानमन्त्री वि.पी. कोइरालाले सुन्दरीजल जेलमा बिताएको समय सम्झाउँदै मगरले अहिलेको अवस्था पनि त्यही निरन्तरताको रूपमा व्याख्या गरेका छन्।
मगरले आफ्नो टिप्पणीमा राज्य शक्तिको प्रयोग र बन्दूकको राजनीतिप्रति चिन्ता व्यक्त गरेका छन्। “हिजो ओलीसँग रहेको बन्दूक आज बालेनसँग छ, भोलि अरू कसैसँग हुनेछ,” भन्ने अभिव्यक्ति दिँदै उनले सत्ता परिवर्तनसँगै दमनको स्वरूप बदलिने तर प्रवृत्ति उस्तै रहने बताएका छन्।
उनले द्वन्द्वकालदेखि हालसम्म हजारौँको ज्यान लिएको हिंसात्मक इतिहासतर्फ संकेत गर्दै बन्दूकको प्रयोगले समाजलाई निरन्तर पीडित बनाइरहेको बताएका छन्। मधेश आन्दोलन र नाकाबन्दीको सन्दर्भ उल्लेख गर्दै राज्यद्वारा गोली प्रहार भएका घटनाहरूलाई पनि उनले स्मरण गरेका छन्।
मगरले अन्त्यमा ओली दोषी भए/नभएको विषय अदालतले टुंग्याउने भन्दै न्यायिक प्रक्रियामाथि विश्वास गर्नुपर्ने बताएका छन्। साथै, बन्दूकको राजनीति अन्त्य नभएसम्म यस्ता घटना दोहोरिने चेतावनी दिएका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी