काठमाडौं : कर्णाली प्रदेशकी सांसद पार्वती विक ले आफूलाई प्रधानमन्त्री बालेन्द्र शाह र कर्णालीका सांसदहरूको बैठकमा प्रवेश नदिएको भन्दै गम्भीर आपत्ति जनाएकी छन्।
सांसद विकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै प्रधानमन्त्री कार्यालयमा आयोजित छलफलमा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई गेटबाटै फर्काइएको बताएकी हुन्।
उनले लेखेकी छन्, “आज प्रधानमन्त्रीज्यूले कर्णालीका सांसदहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर छलफल गरिरहनु भएको थियो। तर समानुपातिक प्रणालीबाट गएका सांसदहरूलाई गेटबाटै फर्काइयो। म पनि त्यसैगरी अपमानित भएँ।”
विकका अनुसार नेपालमा लागू मिश्रित निर्वाचन प्रणालीअन्तर्गत ६० प्रतिशत सांसद प्रत्यक्ष र ४० प्रतिशत समानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ।
उनले निर्वाचन प्रणाली फरक भए पनि शपथ लिएपछि सबै सांसद समान हैसियतका प्रतिनिधि हुने उल्लेख गर्दै यस्तो व्यवहार अस्वीकार्य भएको बताइन्।
उनले प्रधानमन्त्रीप्रति आक्रोश व्यक्त गर्दै यस्तो व्यवहारको राजनीतिक मूल्य चर्को पर्ने चेतावनी समेत दिएकी छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी