काठमाडौं । नेपाली काँग्रेसले संसद्को अधिवेशन स्थगित गरेर अध्यादेशमार्फत कानुन ल्याउने तयारीलाई उपयुक्त तथा मर्यादित कदम नभएको जनाएको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता देवराज चालिसेले कानुन निर्माण प्रक्रिया संसद्मार्फत पारदर्शी ढंगले अघि बढ्नुपर्ने बताए ।
उनले सरकारबाट अधिवेशन आह्वान गरिसकेपछि पुनः पर्याप्त जानकारीबिनै संसद् स्थगित गरिएको अवस्था देखिएको उल्लेख गर्दै एकातर्फ संसद् बोलाउने र अर्कोतर्फ त्यसलाई निष्क्रिय बनाएर अध्यादेशको बाटो रोज्नु उचित नहुने धारणा राखे ।
प्रवक्ता चालिसेले यस्ता कदमले सरकारलाई दीर्घकालीन रूपमा सहजता नदिने पनि बताएका छन्। उनका अनुसार जनप्रतिनिधिको थलो संसद्मा खुला छलफलमार्फत विषय टुंग्याइनु लोकतान्त्रिक अभ्यास अनुकूल हुने बताए । काँग्रेसले बोलाइएको संसद् स्थगित गरेर अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाइए त्यसप्रति असहमति रहने स्पष्ट गरेको छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी