काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले नातावाद, भनसुन, भ्रष्टाचार तथा कानुनविपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुने स्पष्ट घोषणा गरेकी छन्।
मंगलबार बिहान उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता पुगेको उल्लेख गर्दै आफूले पदमा रहँदा नगर्ने १० कामहरुकमे सूची सार्वजनिक गरेकी हुन् ।
उनले नातागोता, सम्बन्ध वा चिनजानका आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम नगर्ने स्पष्ट पारेकी छन्।
त्यस्तै, कानुनविपरीत भनसुन गर्ने, शक्तिको दुरुपयोग गर्ने, कानुन उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कारबाहीबाट बचाउने काममा पनि आफू संलग्न नहुने उनले बताएकी छन्।









चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी