काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले कानुन लत्त्याएर अध्यादेशबाट शासन गर्न खोज्नु विद्यामान संसदीय प्रणालीको विपरित भएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले छिटोको नाममा प्रचलित कानुन, विधि, प्रणाली र प्रक्रिया मिच्नु दीर्घकालीन रूपमा प्रत्युत्पादक बन्ने बताएका छन् ।
अहिले संसदमा झन्डै दुई तिहाइ बहुमत भएको सरकारले विगतको उक्त कार्यलाई नै पछ्याएको बताए।
उनले भने, ‘संसद्को बैठक नभइरहेको बेला तत्काल देश र जनताको लागि नगरी नहुने स्थितिमा अध्यादेश ल्याउन सकिने व्यवस्था गरिएको थियो । यस उद्देश्यको विपरीत विगतमा के।पी। ओली प्रधानमन्त्री भएको बेला अध्यादेश मार्फत संवैधानिक परिषद् सम्बन्धी व्यवस्था लगायत कतिपय कानुन संशोधन गर्न खोजिएको थियो। त्यसको पार्टीभित्र र सर्वत्र विरोध भयो। अहिले संसदमा झन्डै दुईतिहाइ बहुमत भएको सरकारले विगतको उक्त कार्यलाई नै पछ्याएको छ। काम छिटो गर्नको लागि अध्यादेश ल्याइयो भन्ने सरकारी तर्क उक्त मान्यता एवं बोलाएको संसद् बैठक हठात् बन्द गर्ने कामसंग मेल खान्न।’
यस्तो सम्भावनालाई समाप्त पारेर धमाधम अध्यादेशबाट कानुन ल्याएर शासन गर्न खोज्नु विद्यमान संविधानका मान्यता विपरीत हुने उनले बताए ।
उनले थपे ‘अध्यादेशबाटै कानुनी व्यवस्था गर्दै जाने हो भने ठुलो रकम खर्च गरी निर्वाचनबाट जनप्रतिनिधि चुन्नुको अर्थ रहन्छ र रु संसदमा जनप्रतिनिधिहरूले छलफल, विचारविमर्श र सार्वजनिक बहसबाट परिपक्क किसिमले कानुन निर्माण गर्दा देश र जनताको हित विपरीत वा अन्य स्वार्थबाट प्रेरित कानुन बन्न लागे जनताले औंलो ठड्याउने मौका पाउँछन्। यस्तो सम्भावनालाई समाप्त पारेर धमाधम अध्यादेशबाट कानुन ल्याएर शासन गर्न खोज्नु संविधान निर्माण गर्दाका बखत स्थापित मूलभूत मान्यताहरू र विद्यमान संसदीय प्रणालीको विपरीत हुन्छ । छिटोको नाममा विधि, प्रणाली, प्रक्रिया, मान्यता मिच्नु दीर्घकालीन रूपमा प्रति उत्पादक बन्छ ।’








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी