काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साहले आफ्ना अनुकूल व्यक्तिलाई प्रधानन्यायाधीश बनाउन जालझेल गरिरहेको आरोप लगाएका छन् ।
बुधबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्रीले नियुक्ति प्रक्रियामाथि नियन्त्रण जमाउन खोजेको दाबी गरे । संसदको अधिवेशन आह्वान र स्थगनसम्बन्धी गतिविधि पनि सोही उद्देश्यका लागि गरिएको उनको आरोप छ ।
थापाका अनुसार प्रधानमन्त्री साहले संवैधानिक परिषद्मा आफ्नो प्रभाव कायम गर्दै आफूले चाहेको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने तयारी गरिरहेका छन्, जुन प्रक्रिया पारदर्शी र प्रतिस्पर्धात्मक हुनुपर्नेमा त्यसको विपरीत भइरहेको छ ।
उनले यसअघि पनि यस्तै प्रकारका प्रयास भएको उल्लेख गर्दै अहिलेको अवस्था पनि त्यही प्रवृत्तिको निरन्तरता भएको बताए । ‘आफ्नो अनुकूल व्यक्तिलाई नियुक्त गर्न गरिएको यस्तो जालझेल आपत्तिजनक छ,’ उनले भने ।
सभापति थापाले यस्तो निर्णय नेपाली कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पार्दै संसदभित्र र बाहिर यसको विरोध गरिने बताए ।
प्रधानमन्त्री साहले बिहीबार अपराह्न ५ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । थापाले उक्त बैठक पनि प्रधानन्यायाधीश नियुक्तिको तयारीकै हिस्सा भएको दाबी गरेका छन् ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी