काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले केन्द्रीय सचिवालयको बैठक बोलाएका छन्।आज साँझ ६ बजे वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने भएको छ।
बैठकमा रास्वपाको आगामी भेला तथा अधिवेशनको विशेष कार्यतालिकाबारे छलफल हुने जनाइएको छ।
त्यस्तै, रास्वपाका विभिन्न आयोग तथा विभागमा रिक्त रहेका पदाधिकारीको मनोनयन गर्ने विषयलाई पनि बैठकको कार्यसूचीमा राखिएको छ। साङ्गठनिक संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले जिल्ला समितिहरूको विघटन र नयाँ व्यवस्थापनबारे समेत बैठकमा निर्णय हुने बताइएको छ।
यससँगै रास्वपाको आन्तरिक अनुशासन र अनुशासनात्मक कारबाहीका सम्बन्धमा प्राप्त प्रस्तावमाथि पनि सचिवालयले विमर्श गर्ने भएको छ। सचिवालय बैठकले आगामी केन्द्रीय समितिको बैठकको तयारी र कार्यतालिका तय गर्नुका साथै अन्य विविध समसामयिक विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी