काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा कडा प्रश्न उठाएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रपति मार्फत प्रस्तुत १०० बुँदे नीति तथा कार्यक्रमले मुलुकका गम्भीर विषयमा स्पष्ट जवाफ दिन नसकेको आरोप लगाए।
थापाले राष्ट्रिय सुरक्षा, सेना, असंलग्न परराष्ट्र नीति, सुकुम्बासी व्यवस्थापन, श्रमिक अधिकार, ऋण नीति, स्वायत्त निकाय तथा संसद्को आचरणजस्ता विषयमा सरकारलाई प्रश्न गरे।
उनले उठाएका मुख्य प्रश्नहरू यस्ता छन्:
१.राष्ट्रिय झण्डा ओढेर देश जलाउने गतिविधिप्रति सरकार किन मौन छ ?
२. देश संकटमा पर्दा र आफ्नो मुख्यालयमाथि आक्रमण हुँदा नेपाली सेना किन निष्क्रिय देखियो ?
३. सीमामा अतिक्रमण हुँदा चुप रहने सेना सुकुम्बासी बस्ती हटाउन किन सक्रिय भइरहेको छ ?
४. असंलग्न परराष्ट्र नीतिविपरीत हुने गतिविधिप्रति सरकार किन मौन छ ?
५. शिक्षक, कर्मचारी र पेशाकर्मीको संगठित हुने अधिकार कमजोर बनाउँदा सरकार किन चुप छ ?
६. ऋण लिएर विकास सम्भव छैन भन्ने सरकार आफैंले किन अर्बौं ऋण स्वीकृत गरिरहेको छरु
७. शिक्षा, स्वास्थ्य र सहकारी क्षेत्रमा नियमनका नाममा स्वायत्तता कमजोर बनाउँदा सरकार किन मौन छ ?
८. प्रतिनिधिसभामा असभ्य र अराजक व्यवहार दोहोरिँदा सभामुख किन प्रभावकारी बन्न सकेका छैनन् ?








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी