काठमाडौं । डोजर लगाएर सुकुमबासी हटाउने सरकारको कदमविरुद्ध अखिल नेपाल सुकुमबासी संघ आन्दोलनमा उत्रिएको छ।
बुधवार संघले काठमाडौँमा पत्रकार सम्मेलन गरी गुठी तथा बिर्तापीडित समुदायमाथि भइरहेको जबर्जस्ती उठीवास र डोजर अभियानविरुद्ध आन्दोलन गर्ने जानकारी दिएको छ। संघका अध्यक्ष अमर परियारले अदालतले सुकुमबासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसक्दा पनि कोहलपुरमा सुकुमबासी बस्तीमाथि डोजर चलाउने काम भएको भन्दै आपत्ति जनाए।
सरकारले सर्वोच्च अदालतको आदेशमाथि धावा बोल्ने काम गरेको भन्दै उनले यसको निन्दा गरे। सरकार मात्र नभई नेपाली सेना आफैँ विवादमा आउने गरेर हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध संघर्ष गर्ने उनको भनाइ थियो।
संघले दोस्रो चरणका आन्दोलनका कार्यक्रममा सार्वजनिक गरेको छ। यसअघि वैशाख ११ गते पहिलो चरणको आन्दोलनका कार्यक्रम जारी गरेको थियो।
संघले वैशाख ३१ गते बिहान ६ बजेदेखि १० बजेसम्म चक्काजाम गर्ने भएको छ। यो अवधिमा सवारी साधन सञ्चालन नगरी आन्दोलनलाई सहयोग गर्न यातायात व्यवसायी र सर्वसाधारणलाई पनि संघले आग्रह गरेको छ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
जेनजी आन्दोलनको विध्वंसबारे निष्पक्ष छानबिन गर्न प्रचण्डको माग
जेनजी आन्दोलनका माग पूरा गर्न सरकारलाई प्रकाश ज्वालाको आग्रह
जेनजी आन्दोलनको एक वर्ष पूरा
देउवा राहत सामग्रीसहित बाढी प्रभावित नुवाकोटतर्फ
उद्धारमा सरकार चुकेको आङदेम्बेको टिप्पणी