काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छिन् ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले कुवेतलगायतका मुलुकहरूमा नेपाली महिलालाई मानव तस्करहरूले १० देखि १२ लाख रुपियाँमा वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको उल्लेख गर्दै त्यस्ता गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरिन्।
प्रमुख सचेतक ओलीले सरकारले खाडी मुलुकहरूमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले विभिन्न बाटो प्रयोग गरेर ती देशहरूमा लैजाने क्रम नरोकिएको बताउँदै त्यसमा कडाइका साथ निगरानी गर्न सरकारलाई सचेत गराइन्।
“शर्मिला दर्जीलाई कुवेतमा नेपाली राज्यले तुरुन्त खोजी गरोस् । म नेपाल सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । यो एउटा प्रतिनिधि घटना मात्रै हो, सभामुख महोदय । यस्ता हजारौँ घटनाहरू छन् । यी सबै घटनालाई केलाउन हामी सन् २०१७ मा जानुपर्छ । नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक, विशेषगरी महिलालाई घरेलु कामका लागि विदेश जान प्रतिबन्ध लगाएको थियो । सरकारको तर्क थियो, शोषणबाट सुरक्षा दिनु। के यो प्रतिबन्धले साँच्चै महिलालाई सुरक्षित बनायो त ? प्रतिबन्धका बाबजुद पनि घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन ।,” उनले भनिन्, “हाम्रा महिलालाई खाडी देशसम्म पुर्याउन एजेण्टहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गरिरहेका छन् । कहिले भारत हुँदै सीमा पार गराइन्छ, कहिले तान्जानियालगायत अफ्रिकी मुलुकहरूमा ट्रान्जिट गराइन्छ । एजेण्ट जताततै नेपाली नै छन् । त्यसैले मानव बेचबिखनमा संलग्न यस्ता एजेण्टहरू नियन्त्रणमा लिन आवश्यक छ । अहिले तस्करहरूले कुवेतमा १० देखि १२ लाख रुपियाँमा नेपाली महिलाहरू बेचिरहेका छन् ।”
उनले सरकारले वैदेशिक रोजगारीका कारण पीडा भोग्न बाध्य नेपाली नागरिकको उद्धार कार्यमा ढिलाइ गर्न नहुने पनि बताइन् ।








विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा